तामाङ पत्रकार संघमा मोक्तान चयन
मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरको तेस्रो जिल्ला अधिवेशनले जयराम मुक्तानको अध्यक्षतामा ९ कार्यसमिती सर्वसम्मत चयन भएको छ ।
उपाध्यक्षमा सुनु थिङ, कोषाध्यक्षमा भुवन घलान, सचिवमा सन्देश थिङ, सहसचिवमा सुनसानी थिङ, सदस्यमा रविन्द्र वाईबा, जमुना थिङ, इमान घलान र मेनुका बललाई सर्वसम्मत चयन गरिएको छ ।
यस्तै, प्रदेश प्रतिनिधिमा नवराज वाईबा, दिल लामा, अमर लामा, जयराम मुक्तान र केन्द्रिय प्रतिनिधिमा जयराम मुक्तान, जनक तामाङ, आर्दश सिं थोकरलाई चयन गरिएकोे छ ।
हेटौैंडा उपमहानगरपालिका उपमेयर मिना कुमारी लामाको प्रमूख अतिथ्यतामा भएको अधिवेशन संघका अध्यक्ष जनक तामाङको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, तामाङ घेदुङ संघका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।











































