माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवारसहित ९५ जना कांग्रेसमा प्रवेश
मकवानपुर । नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षका प्रत्यासीसहित विभिन्न पार्टीका ९५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस मकवानपुर गढी गाउँपालिका १ नम्वर वडा कार्यसमितिले दिपावली, छठ, नेपालसम्वत, ल्होसार तथा क्रिसमसको उपलक्ष्यमा शुक्रबार गढी गाउँपालिका १ रानीडाँडामा गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा माओवादी केन्द्रका मकवानपुर गढी गाउँपालिका १ का वडा अध्यक्षका प्रत्यासी बलबहादुर थिङ, नेकपा एमालेका नेताहरु विरबहादुर लुङ्वा, सानुमाया भ्लोनलगायत माओवादी केन्द्र र एमालेका ९५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेस गढी गाउँपालिका १ का सभापति सुर्यबहादुर स्याङतानको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा टिका तथा सदस्यता दिएर उनीहरुलाई कांग्रेसमा स्वागत गर्नुभएको थियो ।
पार्टीमा स्वागत गर्दै नेता बानियाँले कम्युनिष्टहरु गरिबलाई सपना देखाएर झुट र भ्रमको खेति मात्रै गर्ने भएकाले उनीहरुको विश्वास गर्न जनताले छाडिसकेका बताउँदै कांग्रेसले मात्रै बोलेको पु¥याउने भएकाले जनताको विश्वास कांग्रेसमा बढेको बताउनुभयो ।
नेता बानियाँले नवप्रवेशीहरुलाई योग्यता र क्षमताको आधारमा पार्टी स्थान दिईने बताउँदै कांग्रेसले मकवानपुरमा कम्युनिष्टलाई अवको चुनावमा पत्तासाफ पार्ने बताउनुभयो ।
कार्यक्रममा कांग्रेस मकवानपुरका जिल्ला सदस्य एवं संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्य सुर्यबहादुर रुम्बा, संघीय सभापतिद्वय दामोदर खनाल र यतिराज सापकोटा, हेटौंडा उपमहानगर निवर्तमान सभापति आनन्दराम पराजुली, गढी गाउँपालिका सभापति राजविर मोक्तान, हेटौंडा उपमहानगरपालिका ६ का वडाअध्यक्ष अर्जुनप्रसाद चौलागाई, मकवानपुर गढी गाउँपालिका १ का वडासचिव कमलबहादुर लोलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवारसहित ९५ जना कांग्रेसमा प्रवेश हेटौंडा, १२ कात्तिकरनेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षका प्रत्यासीसहित विभिन्न पार्टीका ९५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।