दिपावलीको उपलक्ष्यमा डिएलए मकवानपुरको शुभकामना आदानप्रदान तथा चियापान
मकवानपुर । नेपाली कांग्रेस निकट डिएलए मकवानपुरले शुक्रबार दिपावली, छठ, नेपाल सम्वत्, क्रिसमसको उपलक्ष्यमा शुभकाकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
डिएलए मकवानपुरका अध्यक्ष कृष्णप्रसाद न्यौपानेको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको हो ।
शुभकामना आदानप्रदान कार्यक्रममा अधिबक्ता ईश्वरराज ढकाललाई डिएलएको सदस्यता दिएर संगठनमा स्वागत गरिएको थियो ।
कार्यक्रममा डिएलएका केन्द्रीय सल्लाहकार बरिष्ठ अधिबक्ता केशवराज काफ्ले, कांग्रेस हेटौंडा उपमहानगर सभापति उत्सव ईटेनी, निवर्तमान नगरसभापति आनन्दराम पराजुलीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा कांग्रेसका विभिन्न नेता तथा डिएलएको पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।











































