दुइदिने नि:शुल्क सुगर परिक्षन तथा स्वास्थ्य परामर्श कार्यक्रम

लोकखबर
२०७८ कार्तिक १३, शनिबार १९:०७

मकवानपुर । खेलकुद तथा सामाजिक बिकास मण्डल सानोपोखरा क्लब र रेमेडी डाइग्नोष्टिक हेल्थ केयर सेन्टरको सन्युक्त आयोजनामा नि:शुल्क सुगर परिक्षन तथा स्वास्थ्य परामर्श कार्यक्रमको आयोजना गरिएको छ।

सुगर प्रेसर नि शुल्क जाच तथा परामर्श कार्यक्रम भोलि (आइतबार) सम्म हुने भएको छ। कार्यक्रमका प्रमुख अथिति हेटौंडा उपमहानगरपालिकाक प्रमुख हरिबहादुर महत तथा बिशिस्ट अतिथी खेलकुद तथा सामाजिक बिकास मण्डल सानोपोखरा क्लबका सल्लाहकार तथा वडा ५ सयुक्त युवा क्लबका अध्यक्ष बिसाल राज महतको अध्यक्षतामा कार्यक्रम शुरु भएको थियो ।

सानोपोखरा क्लबले कोरोना भाइरस (कोभिड-१९) को महामारीको समयदेखी नै सेवा प्रवाह गर्दै आएको हो। यस्तै सल्लाहकार बिसाल महतको सम्योजकतोमा फुडबैक संचालन गरि हजारौ परिवारलाइ खाद्यान बितरण गरिएको थियो।

कार्यक्रममा रेमेडि डाइग्नोस्टिक हेल्थ केयर सेन्टरका प्रोपाइटर सुदिप शिङ तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको