एमाले हेटौंडा नगरको अधिवेशन सम्पन्न,अध्यक्षमा पुडासैनी चयन

लोकखबर
२०७८ कार्तिक १३, शनिबार २०:२७

मकवानपुर ।नेकपा एमाले हेटौँडा उपमहानगरपालिका कमिटी  अध्यक्षमा सालिकराम पुडासैनी चयन भएका छन।शनिबार सम्पन्न एमाले मकवानपुरको स्थानीय तह अधिवेशनले हेटौंडा नगर कमिटि अध्यक्षमा पुडासैनीलाई सर्वसम्मत  चयन गरेको हो।

पुडासैनीको नेतृत्वमा ८५ सदस्यीय हेटौंडा नगर कमिटी गणनभएको छ। गणन भएको कमिटिको उपाध्यक्षमा नवराज खतिवडा,सचिवमा बोलबहादुर कार्की,उपसचिव उर्मिला श्रेष्ठ र जेन श्रेष्ठ चयन भएका छन।

हेटौंडा -४ मा रहेको रोयल पार्टी प्यालेसमा भएको नगर अधिवेशनको उदघाटन नेकपा एमाले नेता तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले गरेका थिए।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको