हेटौंडाको हेल्थ केयर सेन्टरमा आगलागी

लोकखबर
२०७८ कार्तिक १४, आईतवार १४:२३

सांकेतिक तस्बिर

मकवानपुर । हेटौंडा-१० बसपार्क स्थित एक हेल्थ केयर सेन्टरमा आगलागी हुँदा सामान जलेर नष्ट भएको छ ।

आइतबार बिहान ८ बजेको समयमा सुभाष लामाको घरमा पंकज दास बनियाँले सञ्चालन गरेको हेल्थ केयर सेन्टरमा बिजुलीको तार सर्ट हुँदा आगलागी भएको जिल्ला पैहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता नायव उपरिक्षक प्रहरी जयश्वर रिमालले जनाएको छ ।

आगलागी हुँँदा मानवीय क्षति भने नभएको प्रहरी प्रवक्ता रिमालले जानकारी दिए । उनका अनुसार केयर सेन्टरमा आगलागी हुँदा सामान जलेर नष्ट भएको र करिब १० लाख बराबरको क्षति भएको छ ।

आगलागी भएको ठाउँमा वडा प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी निरीक्षक र प्रहरी चौकी बसपार्कबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले प्रहरी, दमकल र स्थानीयको सहयोगमा करिब ९ बजे आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको