मकवानपुरको मनहरीमा बिभिन्न्न पार्टी परित्याग गरि ७ सय भन्दाबढीले गरे पार्टी प्रवेश
मकवानपुर । मकवानपुरको पश्चिम् मनहरी गाउपालिकामा बिभिन्न्न पार्टी परित्याग गरि ७ सय भन्दा बढीले पार्टी प्रवेश गरेका छन् । दशैं-तिहारको अवसरमा वडाहरुमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा दिनहु जसो नेपाली काङ्ग्रेस प्रवेश गर्नेको संख्या बददै गएको छ ।
आज (आईतबार) मात्रै जिल्लामा एकैदिन विभिन्न ठाउँमा गरिएको कार्यक्रममा ८ सय ६८ जना मानिसले विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।
त्यस्तै मनहरी गाउँपालिकामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा ७ सय १८ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेको हो ।
त्यस्तै हेटौंडाको १५ नम्बर वडामा भएको चियापान कार्यक्रममा १ सय ५० जना मानिसले पार्टी प्रवेश गरेका थिए।

नवप्रवेशी सबैलाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय (डिना) र नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता , पुर्व गृह राज्यमन्त्री तथा मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले स्वागत गरेका थिए ।











































