राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक बन्नका लागि ३८ जनाद्वारा आवेदन
नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक बन्नका लागि ३८ जनाले आवेदन दिएका छन् ।
नेपाली टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले ओमान सिरिजका बेला अचानक राजिनामा दिए पछि नेपाली टिम अहिले प्रशिक्षक विहीन बनेको छ ।
त्यसपछि नेपाल क्रिकेट संघ क्यानले नेपाली टिमको प्रशिक्षक बन्नका लागि खुला आवेदन माग गरेको थियो ।
आज अन्तिम दिनसम्म नेपाल क्रिकेट संघमा ३८ जनाले आवेदन दिएका छन् । जसमा ५ जना हाइप्रोफाइल प्रशिक्षकहरु रहेका छन् ।
आज अन्तिम दिनसम्म ३८ जनाले आवदेन गरेको बताउँदै क्यान स्रोतले भन्यो ‘अब चाँडै प्रक्रिया पुरा गरेर सर्ट लिस्ट गर्छौं ।’











































