प्रहरीद्वारा १७ बिगाह भन्दाबढी लागुऔषध गाँजा खेती नष्ट
मकवानपु । प्रहरीले आज १७ बिगाह भन्दाबढी लागुऔषध गाँजा खेती फडानि गरी नष्ट गरेको छ ।
प्रहरी टोलीले आजदेखि मगलबारसम्म गाँजा खेती नष्ट गर्ने दुईदिने अभियान जारी गरेको हो ।
जस अन्तर्गत प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, बागमती प्रदेश दंगा नियन्त्रण गण र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त रुपमा प्रहरी निरीक्षक अबिनाश अधिकारीको कमाण्डमा खटिएको ७२ जनाको प्रहरी टोलिले आजबाट जिल्ला मकवानपुर कैलाश गाउपालिका वडा नम्बर ४ नामटार, डाँडा, कैलाश गाउपालिका वडा नम्बर ९ जलेस्वर, टिमुरे, खैरेनिटार र सोही स्थानका १० नम्बर वडाको घैराङटार स्थितको वडा एरियामा १७ बिगाह १० कठ्ठामा लगायतको अबैध लागुऔषध गाँजाखेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।












































