विभिन्न मुद्दामा फरार रहेको ३ जना प्रतिवादी पक्राउ

लोकखबर
२०७८ कार्तिक १४, आईतवार २१:५८

साकेतिक तस्बिर 

मकवानपुर । विभिन्न मुद्दामा फरार रहेको ३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेका छन् ।

गएको वैशाख महिनाको १६ गते मकवानपुर जिल्ला अदालतको फैसलाले चोरी मुद्दामा २ महिना ६ दिन कैद र ५ हजार रु. जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीलाई हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ निवासी किरण बललाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै गएको वैशाख महिनाको २६ गते मकवानपुर जिल्ला अदालतको फैसलाले चोरी मुद्दामा २ महिना ६ दिन कैद र ५ हजार रु. जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी सोही स्थान निवासी बिज्ञान लामालाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै गएको २०७३ साल चैत्र महिनाको ३० गते अदालतको फैसलाले लागुऔषध मुद्दामा ११ दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीलाई मकवानपुरको साबिक आमभन्ज्याङ गा.बि.स. वडा नम्बर ३ बस्ने दुर्गा प्रसाद दुलाललाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेको सबैलाइ प्रतिवादीलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत मकवानपुर उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको