१० बिगाह लागुऔषध गाँजा खेती नष्ट

लोकखबर
२०७८ कार्तिक १५, सोमबार १९:१०

मकवानपुर । १० बिगाह लागुऔषध गाँजा खेती फडानी गरि नष्ट गरिएको छ ।

दुईदिने गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, बागमती प्रदेश दंगा नियन्त्रण गण र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त रुपमा प्रहरी निरीक्षक अबिनाश अधिकारीको कमाण्डमा खटिएको ७२ जनाको प्रहरी टोलिले मिति आज (सोमबार) जिल्ला मवानपुर कैलाश गाउपालिका वडा नम्बर ७ बासताल, कोथेलिटार तथा सोही पालिकाको वडा नम्बर ४ बेलटार र धारापानी स्थितको वडा एरियामा १० बिगाहमा लगाएको अबैध लागुऔषध गाँजाखेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यस्तै हिजो (आइतबार) प्रहरीले १७ बिगाह १० कठ्ठामा लगाएको लागुऔषध गाँजा खेती फडानि गरी नष्ट गरेको थियो ।

कैलाश गाउपालिका वडा नम्बर ४ नामटार, डाँडा, कैलाश गाउपालिका वडा नम्बर ९ जलेस्वर, टिमुरे, खैरेनिटार र सोही स्थानका १० नम्बर वडाको घैराङटार स्थितको वडा एरियामा १७ बिगाह १० कठ्ठामा लगायतको अबैध लागुऔषध गाँजाखेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको