अब श्रम स्वीकृति हेटौंडाबाटै : मन्त्री श्रेष्ठ

लोकखबर
२०७८ कार्तिक १६, मंगलवार १३:४४

मकवानपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले आज मंगलबार श्रम तथा रोजगार कार्यालय हेटौंडाको अनुगमन गरेका छन् ।

अनुगमनपछि मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका लागि हेटौंडाबाटै श्रमस्वीकृती लिने व्यवस्था मिलाउने प्रतिबद्दता व्यक्त गरेका छन् ।

‘अब बैदेशिक रोजगारीमा जानेहरुका लागि देशका अरु ठाउँबाट जसरी श्रम स्वीकृती लिने काम हेटौंडाकै कार्यालयबाट गर्ने व्यवस्था मिलाइने छ ।’ मन्त्री श्रेष्ठले भने, ‘देशका बुटबल, जनकपुर, पोखरा, धनगढी लगायतका ठाउँबाट झैं यहाँबाट पनि अब श्रम स्वीकृतिको व्यवस्था गरिनेछ । ’
मन्त्री श्रेष्ठले स्थानीय तहलाई संघीयताको अनुभूती हुनेगरी सहकार्य गर्दै आफ्नो मन्त्रालयले काम गर्ने बताए ।

मन्त्री श्रेष्ठले श्रम कार्यालय, हेटौंडाको समस्याबारेमा जानकारी लिदै प्रदेशको राजधानीमा पहिलेको पूर्वाधार र कर्मचारी संरचनाले मात्रै नपुग्ने भएकाले यसको विकासका लागि आफूले सकेको गर्ने पनि बताए । ‘कार्यालयको समस्याको बारेमा जानकारी लिन पाइयो । मन्त्रालय अन्तर्गतका कामहरु देखिने गरी गछौं ।’ मन्त्री श्रेष्ठले भने ‘जे बोल्ने हो त्यो गर्ने हो, गर्नसक्नेमात्र बोल्ने हो । ’ उनले आफूले गर्न नसक्ने कुरा नबोल्ने बताउँदै अहिले वैदेशिक रोजगार, सामाजिक कोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लगायतका विभिन्न कार्यक्रमका विषयमा भएका समस्या समाधानका लागि आफू लागिपर्ने प्रतिबद्दता व्यक्त गरे ।

एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल, पार्टी उपाध्यक्ष एवं हेटौंडा उपमहानगरपालिकाका उप प्रमुख मीनाकुमारी लामा, सचिव विष्णुप्रसाद दाहालसहित श्रम तथा रोजगार कार्यालयमा अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्र भएकाले श्रमिक तथा रोजगार दाताका बीचका समस्या समाधानका लागि लागिपर्ने बताए ।

कार्यालय अनुगमनमा मन्त्रालयका सहसचिव सुमन घिमीरे, मन्त्री श्रेष्ठका स्वकीय सचिव कृष्ण सुवेदी लगायतको उपस्थिती थियो ।
मन्त्री श्रेष्ठसहितको टोलीलाई स्वागत गर्दै कार्यालय प्रमुख छन्दनारायण श्रेष्ठले कार्यालयले सम्पादन गरिरहेका काम, समस्या, आगामी योजना लगायतका बारेमा जानकारी गराएका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको