‘प्रधानन्याधिश ज्यू, तुरुन्त राजिनामा दिनुस्’-बरिष्ठ नेता पौडेल

लोकखबर
२०७८ कार्तिक १६, मंगलवार १५:२४

मकवानपुर । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायधिश चोलेन्द्रशम्शेर जवराले राजिनामा दिनुपर्ने बताएका छन् । उनले प्रधानन्याधिशलाई चाँडोभन्दा चाँडो राजिनामा दिएर सम्मानजनक हैसियत निर्माणको लागि सुझाव पनि दिए ।

नेपाली कांग्रेस मकवानपुरको आयोजनामा हेटौँडामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता पौडेलले भने ‘प्रधानन्याधिश ज्यु जतिसक्दो चाँडो राजिनामा दिनुस्, नत्र तपाईले गरेको गलत काम अझ खुल्दै जानेछ ।’

पहिलेका र अहिलेका प्रधानमन्त्रीहरुसंग गरेको सेटिङका कारण अहिलेको हालत भएको वताउँदै वरिष्ठ नेता पौडेलले भने ‘संवैधानिक निकाय र राजदुत नियुक्तिमा सेटिङका कारण अहिलेको यो अवस्था आएको हो ।’ नेपाली हरुको अथाह विश्वास रहेको न्यायपालिका पछिल्लो केहि वर्षमा ध्वस्त हुने क्रममा रहेको भन्दै पौडेलले चिन्ता समेत ब्यक्त गरे ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको