हेटौंडामा कांग्रेसद्धारा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न । आज भएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको अवसर पारी अमृत पुडासैनीले पार्टी प्रवेश गरेको हो ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले शुभकामन मन्तव्य राख्ने क्रममा उनले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव गर्छु र सोहि चुनावमा भाग लिन्छु भन्नुमा कुनै सत्यता नभएको दाबी गरेका छन् । उनले आन्तरिक महाधिवेशन र निर्वाचन गर्न नसक्ने कांग्रेसको बर्तमान नेतृतवबाट नेपालको चुनाव गर्छु र सोहि चुनावमा प्रतिस्पर्धा गर्छु भन्नु अनौठो कुरा भएको बताए ।
उनले भने ‘महाधिवेशन भएको साढे पाँच वर्षसम्म पनि अधिवेशन गर्न नसक्ने नेतृत्वले प्रतिनिधिसभा सहितका अन्य निर्वाचनमा भाग लिने कुरा कसरी मिल्छ, आफ्नै चुनाव गराउन नसक्ने कांग्रेसले अरु चुनाव गर्छ भन्ने के ग्यारेन्टी ?’
उनले कांग्रेसको केहि जिल्लामा अझै पनि क्रियाशिल सदस्यता विवाद रहेको र उक्त विवाद अझै टुंगोमा नपुर्याएकोमा पनि नेतृत्वप्रति असन्तोष ब्यक्त गरे । कांग्रेसको महाधिवेशा गरेर तानाशाह फाल्नुपर्ने भन्दै उनले सग्लो र समृद्ध कांग्रेस बनाउन आफुहरु लागिपरेको बताए ।
उनले भने अब पार्टीलाई मात्र हेरेर मत दिनु हुँदैन । अब त जस्ले राम्रो काम गर्ने हो उनीलाई पद दिएर अगाढी बढाउनु पर्ने छ । साथै लोकतन्त्र तथा गणतन्त्रको पालना कसैले गरेको गुनासो गरे ।
उनले भने गणतन्त्र भनेको स्वतन्त्र भएर प्रश्न गर्ने तथा उत्तरको माग गर्नु पर्ने हो । तर समाजमा नभएको बताए ।











































