प्रेस चौतारीद्धारा शुभकामना आदानप्रदान

लोकखबर
२०७८ कार्तिक १६, मंगलवार १५:४६

मकवानपुर । प्रेस चौतारी नेपाल मकवानपुर शाखाले नेपालीहरुको चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

पत्रकारहरुमाथि हुने दण्डहिनताको विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारि आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलले पत्रकारहरुले सत्यसँग लड्न नहुने तथा असत्य सँग झुक्न नहुने बताए ।

समाजमा दविएका आवाजहरुलाई बाहिर निकाल्दै आवाज विहिनहरुको आवाज बन्ने क्रियाकलापमा पत्रकारहरुले ध्यान दिनुपर्ने बताउँदै उनले नेपालको हरेक परिवर्तनको आन्दोलनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।

No description available.                                                                                    अध्यक्ष उज्जवल चौँलागाई

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि समेत रहेका एमाले मकवानपुरका अध्यक्ष बद्री लम्सालले हाल मुलुकमा भएको दुर्दशाको विषयमा पत्रकारहरुले कलम चलाउनुपर्ने तर्फ अझै जोड दिनु पर्ने बताए । वर्तमान गठवन्धनको सरकारले न्यायपालिकामा समेत हस्तक्षप गरेको, न्यायपालिकालाई समेत भागवण्डामा समाहित गरेको विषयमा पत्रकारहरु चनाखो बन्नुपर्ने उनको भनाई थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघमा एसोसियट तर्फबाट उपाध्यक्षमा विजयी भएका प्रेस चौतारी मकवानपुरका सल्लाहाकार, ब्रोड कास्टिङ यसोसियसन (बान) का कार्यवाहक अध्यक्ष उज्जवल चौँलागाईलाई खादा ओढाएर सम्मान समेत गरिएको थियो ।

No description available.प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका बागमती प्रदेश सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, पूर्व सामजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, बागमती प्रदेश सदस्य भोजराज ढकाल, एमाले जिल्ला सचिव एकालाल श्रेष्ठ, सचिवालय सदस्य नविन सिग्देल, एमाले जिल्ला सदस्य धु्रबप्रसाद चौँलागाई, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सस्थापक अध्यक्ष प्रताप विष्ट,  प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, प्रेस सेन्टरका जिल्ला अध्यक्ष अन्जली थापा लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको