महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने
मकवानपुर । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) १९७९ को छैठौं आवधिक प्रतिवेदनको सिफारिसहरुको कार्यान्वयनको अवस्था विषयक प्रदेशस्तरीय फलोअप गोष्ठी हेटौंडामा भएको छ । युवा सेवा समाज (युसेस) मकवानपुरले संयोजन गरेको कार्यक्रम बियोण्ड बेईजिङ्ग कमिटी नेपालले आयोजना गरेको हो ।
उदघाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्य तथा युवा सेवा समाज (युसेस) मकवानपुरका अध्यक्ष बुद्धशरण लामाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका योजना, बजेट तथा तथ्यांक महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार राजेश शर्मा, बागमती प्रदेश सामाजिक विकास मन्त्रालयकी महिला तथा बालबालिका महाशाखा अधिकृत चन्द्रकुमारी व्यञ्जनकार, गैरसरकारी संस्था महासंघ बागमती प्रदेशकी उपाध्यक्ष आरती पाठक लगायतको आतिथ्य रहेको थियो ।
बियोण्ड बेईजिङ्ग कमिटी नेपालकी कार्यक्रम अधिकृत रेयुशा चालिसेले स्वागत तथा कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेको कार्यक्रममा स्रोतव्यक्ति बेनुमायाँ गुरुङले प्रस्तुतिकरण गरेकी थिईन् । कार्यक्रममा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि ९सिड०को परिचय, बिशेषता, अविभेदको सिद्धान्त, समानताको सिद्धान्त, समानता सम्बन्धि दृष्टिकोण, सिड महत्त्वपूर्ण हुनुको मुख्य कारण, विभिन्न अधिकारहरु, उजुरी गर्ने कार्यविधि, राज्यको दायित्व, प्रतिवेदन सम्बन्धि संयन्त्र, सिड समितिमा प्रस्तुत गरिने प्रतिवेदनको स्वरुपहरु, छायाँ प्रतिवेदनको परिचय, आवधिक प्रतिवेदन, महिलाको यौन, प्रजनन स्वास्थ्य तथा अधिकार सम्बन्धि सिफारिसहरु, सरकारी प्रतिवेदनमा प्रस्तुत तथ्यांकहरु, स्वास्थ्य सम्बन्धि सुझावहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुको ५ समूह बनाई विद्यमान नीतिगत तथा कार्यक्रमिक व्यवस्था र अवस्था, उदयमान मुद्दाहरु, चुनौतिहरु, सिफारिसहरुको कार्यान्वयनको अवस्था र आगामी कार्यदिशाबारे छलफल गरि प्रस्तुतिकरण पनि गरिएको थियो । कार्यक्रममा बागमती प्रदेशका मकवानपुर, चितवन, काठमाडौं लगायत ९ जिल्लाका सरकारीरगैरसरकारी निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।











































