निर्माण व्यवसायी संघद्धारा शुभकामना आदानप्रदान तथा नवनिर्वाचित पदाधिकारीहरुको सम्मान कार्यक्रम सम्पन्न
मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले आज दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई सम्मान गरिएका छन् ।
निर्माण व्यवसायी संघ मकवानपुरद्धारा आयोजना गरिएको कार्यक्रम नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख आथित्यता रहेकोे थियो । उनले भने पदाधिकारीहरुले सदैव व्यवासायीहरुको हक हितका लागि लागनु पर्ने बताए ।
कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघको अध्यक्ष कृष्ण गुप्ता अग्रवाल लगायत नर्वनिर्वाति सम्पुण पदाधीकारीहरुलाई सम्मान गरिएको थियो ।











































