४५ बिगाहभन्दा बढी लागुऔषध गाँजा खेती नष्ट
मकवानपुर । प्रहरी टोलीले आज ४५ बिगाहभन्दा बढी लागुऔषध गाँजा खेती फडानी गरि नष्ट गरेको छ ।
शनिबारदेखि लागू हुने गरि जारी गरिएको दुईदिने अभियान अन्तर्गत आज (मगलबार) प्रहरी टोलीले ४५ बिगाह १० कठ्ठामा लगाएको अबैध लागुऔषध गाज खेती फडानी गरि नस्ट गरेको हो ।
शनिबारदेखि आजसम्म गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, बागमती प्रदेश दंगा नियन्त्रण गण र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त रुपमा प्रहरी निरीक्षक अबिनाश अधिकारीको कमाण्डमा खटिएको ७२ जनाको प्रहरी टोलिले आज मकवानपुरको कैलाश गाउपालिका वडा नम्बर ९ स्थित गैरीखेत, खुमलटार, बेलटार, सागिनी, सोहि गाउँ वडा नम्बर ४ अन्तर्गत बैठकडाँडा, तकुवा, आमडाँडा र सोहि वडा नम्बर १० को भालटार स्थितको वडा एरियामा १८ बिगाहमा लगाएको अबैध लागुऔषध गाँजाखेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त टोलिले शनिबारदेखी आजसम्म कैलाश गाउपालिकाको वडा नम्बर ४, ७, ९ र १० अन्तर्गतका वडा एरियामा ४५ बिगाह १० कठ्ठामा लगाएको अबैध लागुऔषध गाँजाखेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।











































