आज काग तिहार, आजबाट यमपञ्चक सुरू

लोकखबर
२०७८ कार्तिक १७, बुधबार ११:२९

हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महान चाड तिहारको आज पहिलो दिन ।

आजदेखि यमपञ्चक सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँच दिन यमराज आफ्ना सबै काम छाडेर बहिनी यमुनाकोमा अतिथिका रुपमा बस्ने धार्मिक मान्यता रहेकाले यो पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ ।

यमराजको दूतको रुपमा मानिएको कागको पूजा गरेर आज काग तिहार मनाइँदैछ । कात्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ । आज बिहान ९ बजेर २२ मिनेटसम्म मात्र त्रयोदशी तिथि रहेकाले यस समयभित्र कागको पूजा गरिसक्नु पर्नेछ ।

कागलाई सन्देश वाहकको रुपमा हेरिने भएकाले शुभ सन्देशको अपेक्षा गर्दै कागको पूजा गरिन्छ । काग यमराजको अत्यन्त प्रिय भक्तसमेत हो ।

आज घरमा पाकेका सबै परिकारहरू दुना, टपरी, पातमा राखेर कागलाई घरको कौसी वा आँगनमा का‘का‘का‘भन्दै बोलाएर खान दिइन्छ ।

धर्मशास्त्रअनुसार यमराजले राखेको मानिसको जन्म मृत्युको विवरण पृथ्वीसम्म ल्याउने र लैजाने काम कागले नै गर्ने मान्यता रहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको