राति ८ बजेसम्म मात्र देउसी भैलो खेल्न मिल्ने

लोकखबर
२०७८ कार्तिक १७, बुधबार ११:३८

मकवानपुर । जिल्ला प्रशासन कार्यलय,मकवानपुरले राति ८ बजेसम्म मात्र देउसी तथा भैलो खेल्न पाईने जनाएको छ ।

प्रशासनले तिहारको समयमा राति ८ बजेसम्ममात्र देउसी भैलो खेल्ने पाईने जनाएको हो ।

मंगलबार एक सूचना जारी गर्दै प्रशासन कार्यलयले राति ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न सर्वसाधरणलाई अनुरोध गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले एक सूचना जारी गर्दै कोभिड–१९ को संक्रमितहरुको संख्या घटेको देखिएपनि संक्रमणको जोखिम कायमै रहेकोले तिहार तथा छठ पर्वहरुमा जनस्वास्थयका मापदण्डको पालना गरी चाडपर्व मनाउन अनुरोध गरेका छन् ।

सूचनामा चाडपर्वको बहानामा कुनैपनि खालका पटका, भूँइचम्पा तथा आतिशवाजी नगर्न पनि आग्रह गरिएको छ ।

पटकाजन्य पदार्थको ओसार–पसार, विक्री वितरण तथा प्रयोगमा पूर्णरुपमा बन्देज गरिएकोले त्यस्ता गतिविधि नगर्न नगराउन समेत भनिएको छ ।

May be an image of text

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको