आयुर्वेद औषधालयमा सेवाग्राही बढ्दै
मकवानपुर । ८२ वर्षका एक वृद्ध हेटौंडाको आयुर्वेद औषधालयमा औषधी लिन आएका थिए । उनलाई पेट दुख्ने र टाउको दुख्ने समस्या छ । ‘उनको औषधी लगेर खाएपछि निको हुन्छ ।’ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीका कृष्णबहादुर महर्जनले भने । उनीमात्र होईन, हेटौंडा उपमहानगरपालिका २ स्थित जिल्ल आयुर्वेद स्वास्थ्य केन्द्रमा ८५ वर्षकी माइली थिङ पनि जींउ पोल्ने गरेकोले औषधी लिन आएकी थिइन् ।
‘फेरी दुख्न थालेपछि औषधी लिन आउछु ’ उनले भनिन् । आयुर्वेद औषधालयमा दैनिक ८० जनादेखि ९० जनासम्म उपचारका निम्ती आउँने गरेको कार्यालय प्रमुख डा. सृष्टि श्रेष्ठले बताएकी छिन् । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म २ हजार ३५ जनाले त्यहाबाट सेवा लिसकेका छन् । उनले भने सेवा लिनेमा सबै भन्दाबढी महिला रहेको बताए ।
चलु आर्थिक वर्षको साउन महिनामा ५ सय ३३ महिला र ४ सय ७७ जना पुरुष गरि जम्मा एक हजार १० जनाले सेवा लिईएको हो । त्यस्तै भदै महिनामा ४ जना महिला र ४ सय १८ जना पुरुष गरि ४ सय २२ जनाले सेवा लिइएको उनले बताए।
आयुर्वेद औषधालयमा ज्वरो, श्वासप्रश्वास, अम्लपित्त, मधुमेह, हृदयरोग, उदर, नेत्ररोग, स्त्रीरोग, रक्तविकार, मानसिक, कर्ण, नसा, मुख, दन्त र कण्ठ रोग आदि जस्ता रोगको उपचार निःशुल्क गरिन्छ । गत वर्ष औषधालयमा ७ हजार ७ सय ९० जनाले सेवा लिएका थिए । विरामीका लागि औषधी काठमाडौं र जनकपुरबाट ल्याउने गरिएको औषधालय पैमुख श्रेष्ठले बताए । औषधालयमा २ वर्षदेखि ९० वर्षसम्मका विरामीहरु आउँने गरेका छन् । हाल औषधालयमा विरामिको संख्या दैनिकरुपमा बढ्दै गएका छन् ।
‘पहिला पढेलेखेका मानिस यहाँ आउने थिएनन, अहिले आउन थालेका छन्, ’ उनले भने ।











































