संघले १९ वर्ष मुनिका क्रिकेट खेलाडीहरुको छनोट गर्दै

लोकखबर
२०७८ कार्तिक १७, बुधबार २०:२५

मकवानपुर । मकवानपुर क्रिकेट संघले १९ वर्ष मुनिका क्रिकेट खेलाडीहरुको छनोट कार्य अगाडि बढाएको छ ।

नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डर अनुसार मकवानपुर क्रिकेट संघले बुधबार (आज) बाट खेलाडी छनोट सुरु गरेको हो । संघले खेलाडी छनोटका लागी भाद्र १६ गते सम्मको लागी फर्म भर्ने अन्तिम मिती तय गर्दै सुचना जारी गरेको थियो ।

क्रिकेट छनोटका लागी ४० जना खेलाडीहरुले फारम भरेको मकवानपुर क्रिकेट संघका कार्यवाहक सचिव विनोद बानियाँले जनाएको हो । नेपाल क्रिकेट संघले आगामी मंसिर पहिलो साताबाट १९ बर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्न लागेको छ ।

प्रदेशका १३ जिल्ला मध्ये ६ जिल्लाबाट छनोट हुने खेलाडीहरुको सहभागीतामा ६ जिल्लाका फरक–फरक टिमविच क्रिक्रेट प्रतियोगिता हुने र उक्त प्रतियोगितामा खेलाडीले गरेको खेल प्रर्दशका आधारमा खेलाडी छनोट हुने कार्यवाहक सचिव बानियाँले बताए ।

प्रत्येक जिल्लाबाट १४ जना खेलाडी र ४ जना बैकल्पिक खेलाडी छनोटं भएर प्रदेश छनौटको लागी आउने भएकोले राम्रा खेलाडी छनौटको लागी अवसर र चुनौती दुवै रहेको बागमती प्रदेश क्रिकेट संघका उपाध्यक्ष प्रेम क्षेत्रीले बताएका छन् ।

छनोट कार्यक्रमको उद्धाटनमा हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख राजन दाहाल खुसराज, मदन भण्डारी स्पोर्ट्स एकेडेमी मकवानपुरका अध्यक्ष प्रकाश सुवेदी लगाएतको उपस्थिति  रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको