आज हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
हाल देशका देशका अधिकांश स्थानको मौसम सफा रहेको छ ।
दिउँसो भने प्रदेश १ को पहाडी क्षेत्रका केही भू—भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू—भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।
आज राति पनि देशभर आंशिक बदली रहने छ ।
प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू—भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।











































