सवारी दुर्घटनामा परि एक जनाको मृत्यु
सान्केतिक तस्बिर
मकवानपुर । सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भेएको छ भने एक जना घाइते भएका छन् ।
मकवानपुरको हेटौडा उपमहानगरपालिका-१५ वनढाट स्थित पुर्व-पश्चिम सडकखण्डमा नारायणघाटबाट बिरगंज तर्फ जादै गरेको ना८ख १२४८ नम्बरको वस र बिपरीत दिशा तर्फवाट आउदै गरेको वा ७८ प ९९३३ नम्बरको मोटरसाइकल एक आपसमा दुर्घटना हुदा मोटरसाइकलमा सवार २ जना मध्ये १ जना सामान्य रहेको र १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृतकका नाम,थर तथा परिचय नखुलेको र करिब २०/२१ वर्षको युवा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता नायब उपरीक्षक प्रहरी जयश्वर रिमालले जनाएको छ ।
प्रहरी प्रवक्ता रिमालका अनुसार आज (बिहिबार) करिब ४:३० बजेको समयमा सवारी दुर्घटना भएको र दुर्घटनामा परेको व्यक्तिलाइ हेटौंडा अस्पतालमा उपचारका लागि लैजाने क्रममा ४:५५ बजेको समयमा मृत्यु भएको हो ।
वस,वस चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र उक्त स्थानमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटीएको उनले बताए ।











































