राष्ट्रिय टिमका सदस्य अञ्जन र सुनिल सम्मानित

लोकखबर
२०७८ कार्तिक १९, शुक्रबार ११:४२

मकवानापुर । १३ औं दक्षिण एसियाली फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय टिमका सदस्य अञ्जन विष्ट र सुनिल बल आज गृहनगर हेटौंडामा सम्मानित भएको छ। आज बिहान मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा नगद २५ हजार रुपैयाँसहित अञ्जन र सुनिललाई सम्मान गरिएको हो ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिले नगद रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको हो भने हेटौंडा–१४ का वडा अध्यक्ष दीपक खड्काले नगद १० हजार रुपैयाँ प्रदान भरेको थियो । मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामाको अध्यक्षता तथा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो ।

कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, १४ नम्बर वडा अध्यक्ष दीपक खड्का, अखिल नेपाल फुटबल संघ (एन्फा) बागमती प्रदेश समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठ, मकवानपुर जिल्ला अध्यक्ष टिका लामालगायत खेलकुद संघका पदाधिकारी, प्रशिक्षक, खेलाडीको सहभागिता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको