साफ यू-१९ महिला फुटबल च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ सम्म हुने
साफ यू-१९ महिला फुटबल च्याम्पियनसिप बंगलादेशको ढाकामा डिसेम्बर ११ देखि २२ तारिखसम्म हुने भएको छ ।
पाँच टिमको सहभागिता हुने प्रतियोगितामा नेपालले पहिलो खेलमा घरेलु टिम बंगलादेशसँग डिसेम्बर ११ मा खेल्नेछ ।
साफले सार्वजनिक गरेको तालिका अनुसार नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध खेल्नेछ ।
यो खेल डिसेम्बर १५ मा हुनेछ । यस्तै तेस्रो खेलमा डिसेम्बर १७ मा भुटानसँग खेल्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले भारतसँग डिसेम्बर १९ मा खेल्नेछ ।
राउण्ड रोविनका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टिमले फाइनलमा खेल्नेछन ।
फाइनल खेल डिसेम्बर २२ मा हुनेछ । यो प्रतियोगिताका लागि नेपाली टिमले चाँडै तयारी सुरु गर्नेछ ।











































