जुवा खेलिरहेका वडाध्यक्षसहित पाँच जना पक्राउ
सांकेतिक तस्बिर
सुर्खेत-प्रहरीले रुकुमपश्चिममा वडा अध्यक्षसहित ५ जनालाई पक्राउ गरेका छन् । जुवा खेलिरहेको अवस्थामा मुसीकोट नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष ४० वर्षीय दिपक केसीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
मुसीकोट नगरपालिका मठस्थित उत्तम खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, सोही ठाउँका ४३ वर्षीय उत्तम खड्का (घरधनी) ३४ वर्षीय कमल वुढा, ३१ वर्षीय राजाराम वली र ३३ वर्षीय युगल पुन पक्राउ परेका हुन्।
प्रहरीले उनीहरुबाट एक लाख आठ हजार दुई सय ९० रुपैयाँ बरामत गरेको छ । इकागजबाट











































