प्रहरीले गरे ३१ जुवाडे पक्राउ
सांकेतिक तस्बिर
कपिलवस्तु-कपिलवस्तुको बाणगंगा नगरपालिकामा ३१ जुवाडे समातिएका छन् । इलाका प्रहरी कार्यालय पिपराको गस्ती टोलीले मध्यरातमा जुवा खेल्दै गरेको अवस्थामा २ स्थानबाट उनीहरु पक्राउ परेका हुन् । जुवा खालबाट ६ लाख १९ हजार १ सय २७ रुपैयाँ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जााकारी दिए ।
बाणगंगा नगरपालिका २ तिनैया स्थित लेकवेसी होटेलबाट बिहीबार राती १२ जना पक्राउ परेका हुन् । यसै गरी वडा नं १ वैरियास्थित किशोर जङ्ग पुनको घरबाट १९ जुवाडे पक्राउ परेका थिए । उनीहरू रातका २ बजे समातिएका हुन् । पक्राउ परेका ३१ जनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा लगिएको छ । इकागजबाट











































