बागमतीमा आज जम्मकट्टेल मात्रै मन्त्री बन्ने, लामालाई ब्याक गरियो

लोकखबर
२०७८ कार्तिक २५, बिहीबार १४:४१

मकवानपुर । बाग्मती प्रदेश सरकारमा आज माओवादीका शालिकराम जमकट्टेलमात्रै मन्त्री हुने भएका छन् ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विहीबार दुई जना मन्त्री थप गर्ने तयारी गरेको भएपनि सरकारमा सहभागिताको विषयलाई लिएर कांग्रेसमा विवाद भएपछि चर्चा भएका निमा लामाले तत्काल मन्त्रीको नियुक्ती खाने सम्भावना टरेको स्रोत बताउँछ ।

बागमतीमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे गत कात्तिक ११ मा मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री बनेकै दिन उनले आन्तरिक मामिला तथा कानून मन्त्रीमा कृष्णप्रसाद शर्मा खनाल, भौतिक पूर्वाधार विकासमन्त्रीमा कृष्णलाल भँडेल र सामाजिक विकास मन्त्रीमा कुमारी मोक्तानलाई मन्त्री नियुक्त गरेका थिए ।

चार सदस्यीय सरकार चलाउदै आएका पाण्डेले २२ कात्तिकमा विश्वासको मत प्राप्त गरेसंगै सरकारले पूर्णता पाउँने चर्चा थियो । तर आज विहीबार माओवादी केन्द्र र कांग्रेसबाट एक एक जना मन्त्री थपी सरकार विस्तार गर्ने तयारी गरिएपनि माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका जम्मकट्टेललाई मात्रै मन्त्री मुख्यमन्त्री पाण्डेले तयारी गरेको बुझिएको छ । जम्मकट्टेलले आर्थिक मामिता तथा योजना मन्त्रालयमा मन्त्रालयको जिम्मेवारी पाउँने स्रोतको भनाई छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव समेत रहेका लामा भने मन्त्री खान सिन्धुपाल्चोकदेखि हेटौंडा आइपुगेपनि पार्टीमा आकांक्षी अरुपनि भएकाले तत्काल उनलाई ब्याक गरिएको जनाइएको छ ।

केन्द्रिय गठनबन्धनको सहमति अनुसार मुख्यमन्त्री बनेका पाण्डेले विश्वासको मत पाएपछि संविधानले दिए अनुसार मन्त्रालय बनाएर सरकार सञ्चालन गर्ने योजना बनाएका छन् । हाल १०९ सदस्य संख्या रहेको बागमतीमा २२ वटा सम्म मन्त्रालय बनाएर गठबन्धनका आकांक्षीको चित्त बुझाउने योजनामा मुख्यमन्त्री पाण्डे रहेको बुझिएको छ ।

माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका १ गरी गठबन्धनका ५९ जना सांसदको समर्थन मुख्यमन्त्री पाण्डेलाई छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको