सन्युक्त युवा क्लबद्वारा लागुपदार्थ न्यूनीकरण गर्नका लागि उपमहानगरपालिका प्रमुखलाइ बुझाए ध्यानाकर्षण पत्र

लोकखबर
२०७८ कार्तिक २८, आईतवार १८:५८

मकवानपुर । बिश्वमै महामारीको रुपमा फैलियेको महरोग लागुपदार्थ र लागुऔषध दुव्र्यसनीको विरुद्धमा हेटौंडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतलाइ वडा-५ सन्युक्त युवा क्लबले ध्यानाकर्षण पत्र गराएको छ।

विश्व लगायत नेपाल पनि लागुपदार्थको चपेटामा फस्दै गएको हो। खासगरी युवाहरुनै यसको सिकार बन्ने गरेको देखिन्छ। हरेक परिवर्तनका सम्बाहक वर्तमान र भबिस्यका निर्माणकर्ताहरु यसरी छिन भैजाने हो भने यो समाज र देशको सम्पुर्ण खाले बिकासको परिकल्पना गर्न सकिन्न । सोही विषयलाई मध्यनजर गरि क्लबको सम्योजक विशाल राज महतको टोलीले आज हेटौंडा उपमहानगरपालिका प्रमुखलाइ ध्यानाकर्षण पत्र बुझाएको हो।

रोजगारीको निम्ति औधोगिक क्षेत्र भित्र रहेका २ सय भन्दा बडी उधोगमा कम्तीमा २ जनाको दरले रोजगारीको वातावरण सृजना गर्न सकिने तर्फ नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

यसलाई रोकथाम गर्नका लागी स्थानीय तहदेखि नै सम्बोधन गर्दै लैजानु पर्ने छ । नगर भित्र रहेका १९ वटा वडाका प्रतेक टोल बिकास मार्फत लागुपदार्थ प्रयोग गर्नेहरुको संख्या माग गरेको तथा संकलन भएका डाटा अनुसार उपयुुक्त स्थानहरुमा स्थानीय सरकार मार्फत पुर्णस्थापना केन्द्रहरु निर्मान गर्न लगायको माग राख्दै पत्र भुझाएको हो ।

वडा ५ का सन्युक्त युवा क्लबको प्रतिनिधि शुसिल घिमिरे, मनिस गौतम, राजेन्द्र सापकोटा, राजु शर्मा तथा श्याम कृष्ण भुजेल लगायतको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउएको थियो ।

ध्यानाकर्षण पत्र:

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको