प्रधानन्यायधीश जबराको राजीनामा माग गर्दै मकवानपुरमा दोस्रो दिन पनि धर्ना

लोकखबर
२०७८ कार्तिक २९, सोमबार १२:४३

मकवानपुर । मकवानपुरमा कानून व्यवसायीहरुले प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै आज दोस्रो दिन पनि धर्ना दिएका छन् ।

उच्च अदालत बार एशोशियशन मकवानपुर र जिल्ला अदालत बार एशोशियशन मकवानपुरले संयुक्त रुपमा बिरोध कार्यक्रम आयोजना गरेका छन् । उच्च अदालत मकवानपुर र जिल्ला अदालत परिसरमा विहान १० बजेदेखि अपरान्ह १२ बजेसम्म कानून ब्यवसायीहरुले हातमा कालो लुगा बाढी धर्नामा बसेका थिए ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता एकराज बास्तोला, उच्च अदालत बार एशोशियशन हेटौंडाका अध्यक्ष सुशील पोखरेल, जिल्ला बारका पूर्व अध्यक्षहरु ईश्वर राज ढकाल र अज्मिर केसी, अधिवक्ता कृष्ण प्रसाद अर्याल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

केन्द्रीय बारको निर्देशनमा बिरोध कार्यक्रम आयोजना गरिएको जिल्ला अदालत बार एशोशियशन मकवानपुरका अध्यक्ष ऋषि केबीले बताएका छन्। केन्द्रीय बारको निर्देशन अनुसार भोलिसम्म बिरोध कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष केबीले बताए ।

No description available.

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको