जीप दुर्घटनामा परि चालकको मृत्यु
प्युठान– जीप दुर्घटनामा परि चालकको मृत्यु भएको छ ।
प्युठानको मल्लरानी गाउँपालिका-३ बुकेनीमा आज विहान भएको जीप दुर्घटनामा २९ वर्षका चालक गोरख पुनको घटनास्थलमै मृत्यु भएको हो ।
बुकेनीबाट खलङ्गाका लागि छुटेको रा १ ज १९९२ नम्बरको गाडीमा दुई जना रहेकामा सहचालक भने घाइते भएका छन्।
सहकचालक प्युठान नगरपालिका ४ बस्ने १६ वर्षीय विवेक नेपाली घाइते भएका हुन् । उपचारका लागि उनलाई प्युठान अस्पताल बिजुवाइ ल्याइएको प्रहरीले जनाएको छ ।











































