प्रधानन्यायाधीश जबराद्वारा आन्दोलित न्यायाधीश र नेपाल बारलाई वार्तामा आउन आग्रह

लोकखबर
२०७८ कार्तिक २९, सोमबार १५:५४

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलित सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनलाई वार्तामा आउन आग्रह गरेका छन्।

बारले निरन्तर दुई सातादेखि आन्दोलनमा रहेका बेला सोमबार प्रधानन्यायाधीश जबराले विज्ञप्ति जारी गरेर आन्दोलित सहकर्मी न्यायाधीश र बारलाई वार्ता र संवादबाट समस्या समाधान खोज्न आग्रह गरेका हुन्।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै निरन्तर आन्दोलनमा रहेका न्यायाधीश र बारलाई जबराले वार्तामा बोलाएका हुन्।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको