फरेष्ट्री क्याम्पस नजिक एक पुरुषको शव भेटियो

लोकखबर
२०७८ कार्तिक २९, सोमबार १८:३२

मकवानपुर । हेटौंडा-१० फरेष्ट्री  क्याम्पस गेट अगाडिको झाडीमा एक पुरुषको शव फेला परेको छ।

सोमबार दिउँसो फरेष्ट्री क्याम्पसको झाडीमा एक पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता  नायब उपरीक्षक प्रहरी जयश्वर रिमालले बताएका छन।

अन्दाजी ३५-४० बर्षीय पुरुषको शव भेटिएको तथा शवको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरी प्रवक्ता रिमालले जनाइएको छ। अहिले घटनास्थलमा वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टको टोली रहेको र शवको मुचुल्का उठाउने काम भइरहेको जनाइएको छ। स्थानीयले शव देखेपछी प्रहरीलाई खबर गरेको थियो।

शवलाइ पोस्टमार्टमका लागि हेटौंडा अस्पताल लगिएको प्रहरी प्रवक्ता रिमालले बताएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको