पेट्रोलको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियुद्वारा फरेस्ट्री क्याम्समा सांकेतिक प्रदर्शन
मकवानपुर । पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु कृषि तथा बन बिज्ञान विश्वविधालय र बन बिज्ञान अध्ययन संस्थान आगाडील सांकेतिक प्रदर्शन गरेको छ । अनेरास्ववियु मकवानपुरको संघर्षको कार्यक्रम स्वरूप सनिबार मसाल जुलुस भएको थियो, आइतबार मकवानपुर बहुमुखी क्याम्पस आगाडी प्रधानमन्त्रीको पुत्ला दहन भएको थियो भने आज अनेरास्ववियु कृषि तथा बन बिज्ञान विश्वविधालय र बन बिज्ञान अध्ययन संस्थान कमिटिको संयुक्त आयोजनामा ग्यासको सिलिण्डर लगायेत पेट्रोलियम पदार्थ देखाई सांकेतिक प्रदर्शन भएको हो ।
सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै उनीहरू मूल्यवृद्धि फिर्ताको माग गर्दै सांकेतिक प्रदर्शन गरेका हुन् । सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको छ । खाना पकाउने ग्यासको पनि मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको हो । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ पुर्याोइएको छ । बढेको मूल्यसँगै पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ ।
प्रदर्शनमा अनेरास्ववियु जिन्दाबाद, प्रधानमन्त्री राजिनामा दे, सडक हामी तताउछौ मूल्य बृध्दि घटाउछौ, परमादेश सरकार मुर्दाबाद, नाफा घाटा जान्दैनौ मूल्य वृद्धि मान्दैनौ लगाएतको नारा लगाएका थिए ।
सांकेतिक प्रदर्शनको अध्यक्ष्ता ईश्वर जोशीले गरेका थियो भने अनेरास्ववियु मकवानपुर अध्यक्ष बिशाल पौडेलको प्रमुख अतिथियता रहेको थियो । प्रदर्शनमा अनेरास्ववियु जिल्ला उपाध्यक्ष भुवन मैनाली, बिधार्थी नेताहरु मनिश मान श्रेष्ठ, साकार अर्याल, अभि मैनाली, सुजन खतिवडा लगायेतको उपस्थिति रहेको थियो ।











































