प्रहरी टोली गाजा फडानी गर्दै ।

एघार बिघामा लगाएको गाँजा खेती नष्ट

लोकखबर
२०७८ कार्तिक २९, सोमबार २१:२८

प्रहरी टोलीले आज लागुऔषध गाँजा खेती फडानी गरि नष्ट गरेको छ।

सोमबार बिहानै देखि खटिएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीको कमाण्डमा खटीएको टोलीले एघार बिघामा लगाएको गाँजा खेती नष्ट गरेको हो।

                  प्रहरी टोली गाजा फडानी गर्दै

पर्साको ठोरी गाउँपालिका वडा नम्बर ३ र ४ स्थितमा रहेको एघार बिघा खेतमा अवैध रूपमा लगाएको गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यस्तै गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरि कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको