बन्दको प्रभाव हेटौंडा बजार यस्तो देखियो (तस्विर सहित)
मकवानपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज गरेको आह्वानको प्रभाव बागमती प्रदेशको राजधानी हेटौंडामा पनि देखियेको छ ।
हेटौंडामा आज बिहानैदेखि सार्वजनिक सवारी साधनहरु नचले पनि निजी सवारीमा मोटरसाइकल, तथा गाडीहरु चलिरहेको थियो ।
अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु पनि गुडिरहेका देखिन्छ । हेटौंडाको मुख्यबजार सुनसान रहेका छन् भने भित्रीबाटोहरुमा भने सवारी साधनहरु गुडिरहेका छन् । हेटौंडामा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदवाव दिने भन्दै नेकपाले आज कात्तिक ३० गते बन्द आह्वान गरेको थियो ।
















































