नवलपुमा बन्द कर्ता २ जना पक्राउ
नवलपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज गरेको आह्वानको प्रभाव नवलपुरमा पनि परेको छ । नवलपुर प्रहरीले बन्द कर्तालाई पक्राउ गरेका छन् ।
मध्यविन्दु नगरपालिकाको चोरमाराम बन्द गराउदै हिडेका २ जनालाइ प्रहरीले पक्राउ गरि सवारी साधन आवतजावत बनाएको छ । नेकपा श्रोतका अनुसार पक्राउ पर्नेमा धनबहादुर कुमार र बिरबहादुर थापा रहेका छन् । पक्राउ परेका दुबै जना जिल्ला स्तरीय नेता रहेका छन् ।
पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदवाव दिने भन्दै नेकपाले आज कात्तिक ३० गते बन्द आह्वान गरेको हो ।











































