नेपाल बन्द गराउने विप्लवका ११ जना पक्राउ
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज गरेको आह्वानको प्रभाव दमौलीमा पनि परेको छ । आवतजावतमा सर्व साधारणलाई समस्या भएका कारण दमौली प्रहरीले नेपाल बन्द गर्ने कार्यकर्तालाई पक्राउ गर्ने कार्य अगाडी बढाएको हो ।
ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशङ्करलगायत पक्राउ परेको सो पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले जनाएको छ।
पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न उनले माग गरेका छन् ।
पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदवाव दिने भन्दै नेकपाले आज कात्तिक ३० गते बन्द आह्वान गरेको हो ।











































