चितवनको जंगलमा हेटौंडाका एक पुरुषको शब भेटियो

लोकखबर
२०७८ कार्तिक ३०, मंगलवार १६:५१

मकवानपुर ।  चितवनको टिकौली जंगलमा एक पुरुषको शब फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार हेटौंडा उपमहानमगरपालिका–९ बस्ने ६३ वर्षीय ज्ञानबहादुर अधिकारीको शब सोमबार भेटिएको हो ।

उनको शब भरतपुर महानगरपालिका– ९ को पूर्वपश्चिम राजमार्गबाट करिब ५० मिटर भित्र टिकौली जंगलमा भेटिएको प्रहरीले जनाएको छ । त्यस्तै सोमवार बिहान जंगलमा घास काट्न जाने स्थानीयले खबर गरेपछि जिल्ला प्रहरी कार्यालएको टोली त्यहाँ पुगेको थियो ।

करिब १४्१५ दिनदेखि घरबाट सम्पर्क बिहिन रहेका अधिकारीको शब सोमवार सडेको अवस्थामा भेटिएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए । त्यस्तै उनको शब भरतपुर अस्पतालमा पोष्टमार्टमको लागि राखिएको र शब आफन्तलाई बुझाउने प्रकियामा रहेको समेत अधिकारीले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको