बकैयामा नेकपा माओवादीले गर्यो वडा अधिवेशन
मकवानपुर । पुर्बी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ काे धनेश्वर पार्कमा नेकपा माओवादी पार्टीले वडा अधिवेशन गरेकाे छ। कार्यक्रममा नेकपा माओवादी मकवानपुरकाे अध्यक्ष प्रेमबहादुर पुलामिले माओवादी पार्टीलाई देशकै ठुलो पार्टी बनाउन आफुहरु लागिपरेकाे बताए ।
उनलेे भने अहिले केपि ओलि लगाएतका पिडित मान्छेहरु भित्र भित्रै रोइरहेको र उनिहरुलाई अगाडि बढाउन नदिने र उनिहरुलाई कुनामा राखि हामी देशकै सबैभन्दा बलियाे र ठुलाे पार्टी रहने बताएका छन् । पुलामिले भने नेकपा एमालेले बहुमतकाे सरकारकाे नेतृत्व गर्न पाउँदा पनि बिकास गर्ने नसकेकाे र आफ्नो मान्छेलाई अड्याएर राख्न नसकेकाे भन्दै एमालेका केपि ओलि चाडैं नाम्लाे डारि बाेकेर जङ्गलतिर झुन्डिएर मर्नु राम्रो हुने बताए ।
उनका अनुसार हामी देशकाे लागि बिकास गर्नेकाे निम्ति अभियानमा लागिपरेकाे र यहि मङ्सिर ४ गते सबै वडामा अधिबेशन गर्ने र मङ्सिर ११ देखि १३ गतेसम्म स्थानीय तह गाउँपालिका उपमहानगरपालिकामा अधिवेशन गर्ने र पुस ११ देखि १३ गतेसम्म केन्द्रिय सम्मेलन गरि हामी देशकै ठुलो पार्टी रहने बताए ।
त्यतै कार्यक्रममा बाेल्दै बकैया ७ काे माओवादीको अध्यक्ष भाेजराज लामिछानेले नेकपा एमाले केपि ओलि लगायत गाउँपालिकाकाे उपप्रमुखहरु जन्तु रहेकाे र यिनिहरुले बिकास भन्दा पनि बिनास गर्न लागिपरेकाे आरोप लगाएको हो ।
उनले भने माओवादीलाई कसैले हेला नगर्न र हामिहरुले कसैलाई केही नगरेकाे तथा साेझा जनता मारिनुकाे कारण एमाले र काङ्ग्रेस रहेकाे र तिनिहरु मिलेर जनतालाई मारेकाे बताए ।
कार्यक्रममा लक्ष्मि पाख्रिन बकैया ईन्चार्जको विशेष अतिथ्यता रहेको थियो भने जिल्ला समिति सदस्य परशुराम गाैतम , जिल्ला सल्लाहकार भक्तबहादुर खत्रि लगायत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।











































