‘प्रधानन्यायाधिश जबरालाई हटाउन अदालतमा होइन, पार्टी कार्यालयमा प्रदर्शन गर्नुपर्छ’-अध्यक्ष थापा

लोकखबर
२०७८ मंसिर १, बुधबार १७:४७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबरालाई हटाउन अधिवक्ताहरुलाई राजनैतिक दलको पार्टी कार्यालयमा प्रदर्शन गर्नुपर्ने बताएका छन् ।

बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले अधिवक्ताहरुलाई प्रधानन्यायधीश हटाउने एकमात्र वैधानिक बाटो महाभियोग भएको र महाभियोग दलले लगाउने भएकोले जबराविरुद्ध अदालत अगाडि नभएर पार्टी कार्यालयमा प्रदर्शन गर्नुपर्ने सुझाव दिएका हुन् । आन्दोलित अधिकांश वकिलहरु दलसँग आबद्ध रहेको र नेपाल बार एसोसिएसनको चुनाव दलगत आधारमा हुने पनि उनले स्मरण गराएका छन् ।

‘प्रधानन्यायधीश विरुद्ध आन्दोलन गरिरहेका अधिवक्ताहरुलाई थाहा छ प्रन्या हटाउने एकमात्र वैधानिक बाटो महाभियोग हो।महाभियोग लगाउने दलले हो।अधिकांश वकिलहरु दलसँग आबद्ध छन्।बारको चुनाव दलगत आधारमा हुन्छ।’उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसैले प्रन्या हटाउने होभने अदालत अगाडि होइन पार्टी कार्यालयमा प्रदर्शन गर्नुपर्छ ।’

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको