मकवानपुरको क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा सभापतिसहित १७ जना निर्विरोध
मकवानपुर। दुई वटा प्रतिनिधीसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा नेपाली कांग्रेसको आज शुक्रबार प्रदेशसभाको निर्वाचन भइरहेको छ ।
निर्वाचनबाट निर्वाचित हुनेको नाम सार्वजनिक हुन पनि थालेका छन् । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा सभापति सहितका विभिन्न पदमा निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा सभापतिमा शुसान्त कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, उपसभापतिमा पनि कमला कुमारी वाइवा, गोपाल बहादुर नेसुर,सचिवमा भूमिनन्द गौतम र शंकर पराजुली, सहसचिवमा दीपक ढकाल र अमर सोराइली पनि निर्विरोध चयन भएका छन् । अन्य निर्विरोध निर्वाचित हुनेहरुमा सदस्य खुला महिलातर्फ जानुका ठकुरी, समीक्षा विश्वकर्मा र छायाँ अधिकारी, खस आर्यतर्फ बालकृष्ण सापकोटा, आदिवासी जनजाति तर्फको महिलामा कृति ग्लान र भानुमाया सोराली, पुरुषमा दीपकसिं घलान, भक्तबहादुर राई र शुक्रराज पाख्रीन, दलिततर्फ अनिल विक रहेका छन् ।
अन्य खुला सात सदस्यका लागि १३ जनाको उम्मेद्वारी परेकाले निर्वाचन भइरहेको कांग्रेस मकवानपुरले जनाएको छ ।











































