नेपाल प्रहरीका आठ डिएसपीको एसपीमा बढुवा सिफारिस (सिफारिससहित)
काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरु उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस भएका छन् ।
बढुवा समितिको बैठकले जनकबहादुर शाहीको नाम पहिलो नम्बरमा प्रकाशित गरेको छ ।
त्यस्तै डिएसपी पदबाट एसपी पदमा बढुवा हुन सिफारिस गरिएकाहरुमा रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट रहेका छन ।












































