यस्तो छ आजको बजारमा सुनको मूल्य, तोलामा कति ?
काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक सयले घटेर ९४ हजार ४ सयमा कारोबार भइरहेको छ ।यसअघि विहिबार छापावाला सुन तोलाको ९४ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रहेको छ । त्यसैगरी शुक्रबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर १२७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।











































