कांग्रेस क्षेत्रिय अधिवेशनः आज सभापतिको लागि एकै गाउँका खनाल र लामिछाने भिड्दै

लोकखबर
२०७८ मंसिर ६, सोमबार ११:३७

मकवानपुर । नेपाली कांग्रेस १४ औं महाधिवेशनको लागि कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ को क्षेत्रिय अधिवेशन आज हुँदै छ ।

नेपाली कँंग्रेस मकवानपुर अनुसार क्षेत्र नम्बर १ को अधिवेशन हेटौंड-४ स्थित रोयल पार्टी प्यालेसमा र क्षेत्र नंबर २ को आधिवेशन हेटौंडा १ को डल्फिन चौरमा हुँदै छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ को सभापतिमा पार्टी सभापति शेर बहादुर देउवा पक्षबाट दामोदर खनाल र संस्थापन इतरका धर्मराज लामिछानेले उम्मेद्वारी दिँदै छन् ।

खनाल र लामिछाने बकैया गाउँपालिका वडा नम्बर ५ पावसको एकै गाउँका हुन् । खनाल २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए भने लामिछाने प्रदेश सभा सदस्यको उम्मेदवार रहेका थिए ।

यसैगरि,क्षेत्र नम्बर २ मा देउवा पक्षबाट लोक बहादुर मुक्तान र संस्थापन इतरका ईश्वरनाथ पौडेलले उम्मेद्वारी दिँदै छन् ।

देउवा पक्षबाट क्षेत्रिय सभापतिको लागि आईतबार साँझ खनाल र मुक्तान संयुक्त पत्रकार सम्मेलन गर्दै क्षेत्र नंबर १ र २ बाट आफ्नो प्यानल सहित उम्मेद्वारी रहने जनाएका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस मकवानपुरका सभापति इन्द्र बहादुर बाँनियाले नेपाली कांग्रेस १४ औं महाधिवेशनको लागि पार्टी सभापति शेर बहादुर देउवालाई पुनः सभापति पदमा विजयी गराउनको लागि मकवानपुर क्षेत्र नंबर १ बाट खनाल र दुईबाट मुक्तानको प्यानल सहित उम्मेद्वारी घोषणा गरेको बताए । उनले पुनः एक पटक देउवालाई सभापतिको जिम्मेवारी दिनको लागि उम्मेद्वारी रहेको बताए ।

नेपाली कांग्रेसलाई अझ पनि एक कार्यकाल देउवाको नेतृत्व आवश्यक रहेको भन्दै उनले मकवानपुरबाट पनि सोहि अनुसारको प्रतिनिधिहरु छनोट हुने विश्वास ब्यक्त गरे । देउवाको नेतृत्वले मुलुकलाई हालको अवस्थामा ल्याउन सफल बनेको भन्दै अझ एक कार्यकाल नेपाली कांग्रेसको लागि देउवानै आवश्यक रहेको बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको