अनेरास्ववियु मकवानपुरको प्रभातफेरी र्‍याली

लोकखबर
२०७८ मंसिर ७, मंगलवार १२:४२

मकवानपुर । नेकपा एमाले निकट अनेरास्ववियु मकवानपुरको आयोजनामा प्रभातफेरी र्‍याली भएको छ । नेकपा एमाले केन्द्रीय निर्देशन अनुसार हिजो (सोमबार) मकवानपुर जिल्ला भित्र रहेका क्याम्पसहरुमा नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी बनौ भन्ने ब्यानर सहितको आज प्रभातफेरी र्‍याली निकालिएको हो ।नेपाल अधिराज्य भरि अनेरास्ववियुको आयोजनामा प्रभातफेरी र्‍याली आयोजना भएको हो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को मंसिर १० देखि मंसिर १२ गते सम्म १० औं राष्ट्रिय महाधिवेशन चितवनमा हुँने भएको हो । महाधिवेशनलाइ भव्यताका साथ सम्पन्न गर्न र गराउँन अनेरास्ववियुले आजको र्‍याली आयोजना गरेको बताए । र्‍यालीमा अगामी १० गते चितवन जौं, १० औ राष्ट्रिय महाधिवेशन सफल पारौँ, नेकपा एमाले जिन्दावाद, अनेरास्ववियु जिन्दावाद लगाएतको नारा लगाउदै र्‍याली निकालेको थियो ।प्रभातफेरी र्‍याली बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य केन्द्र रहेको बुद्ध चोकमा कोणसभामा परिणत भएको थियो । कार्यक्रमका अध्यक्षता अनेरास्ववियु मकवानपुर अध्यक्ष बिशाल पौडेलले गरेका थिये भने प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय स्थाई कमिटि सदस्य सन्तोष पौडेलले गरेको थियो ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिबालय सदस्य किशन धिसिंग, अनेरास्ववियु मकवनापुर उपाध्यक्ष भुवन मैनाली, सचिब पुस्कर तिमिल्सिना, सह-सचिब प्रमोद फुयाल, महिला बिभाग प्रमुख स्वेच्छा दंगाल, अखिल फोर्स प्रमुख मनिश मान श्रेष्ठ, हेटौडा उपनगरकमिटि संयोजक नवराज शर्मा, भीमफेदी गाउपालिका संयोजक राजिब परियार, मकवानपुर ब.क्याप्स संयोजक आशिष कुमार रौनियार, अखिल फोर्स सचिब प्रसिद्ध रेग्मी तथा कार्यकर्ता र विधार्थी हरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको