फरेष्ट्री नजिकै बाइक दुर्घटना, एक घाइते

लोकखबर
२०७८ मंसिर ७, मंगलवार १३:२३

मकवानपुर । पुर्वपश्चिम राजमार्ग सडकखण्ड अन्तर्गत हेटौंडा–१० स्थित फरेष्टि नजिकै मोटरसाईकल दुर्घटना हुँदा एक जना घाइते भएकोे छ ।

आज बिहान ११ बजेको समयमा ना २३ प ४२२३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जना सामान्य घाइते भएका छन् ।

घाइतेको अहिले हेटौंंडा अस्पतालमा उपचार भइरहेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । घाइते सामान्य रहेकोेले प्रहरीले नाम समेत टिपोट नगरेकोे उनले बताए ।

प्रहरी रिमालका अनुसार-दुर्घटना कसरी भयो भन्नेबारेमा घाइते चालकलाई सोधपुछ गर्दा उसलाई नै थाहा नभएको बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको