हेटौंडा बजारमा आयो ट्रिओ इलेक्ट्रिक अटोे, विद्युतबाट सञ्चालन हुने
मकवानपुर । बागमती प्रदेशको राजधानीमा पनि अब ट्रिओ इलेक्ट्रिक अटोे पाइने भएको छ।
महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो बुधबार (आज) एक कार्यक्रमको बीच हेटौंडामा सार्वजनिक गरेको हो ।
अग्नि ग्रुप अन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी) का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले हेटौंडाको चौकीटोलमा ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको हो । महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्ट रु. ८ लाख ४० हजार शोरुमको मूल्यमा तोकिएको छ ।
महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतमा निर्माण भइरहेको जनाएको छ । नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको हो। महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ ।
महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक रू २ लाख (पेट्रोल अटोको तुलनामा) बचत गर्नसक्ने बताएका छन् । महिन्द्रा ट्रियो भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटर भन्दा बढी दूरी तय गरिसकेको छ ।











































