नेकपा एमालेले अधिवेशनका लागि यसरी सजायो चितवनका सडक

लोकखबर
२०७८ मंसिर ८, बुधबार २०:०१

मकवानपुर । नेकपा एमालेले दशौं महाधिवेशनलाई लक्षित गरेर नारायणगढको नारायणी किनार तथा चितवनका मुख्य सडक क्षेत्रहरुलाइ सजाएको छ । चितवनको मुख्य सडक क्षेत्रमा एमालेको झण्डा र अनेरास्ववियुको झण्डाले सजाइएको हो। यतिबेला नारायणगढ बजार क्षेत्र एमालेको झण्डाले रंगिचंगि देखिएका छन् ।

महाधिवेशनमा आउने पाहुनाहरुलाई स्वागत गर्नका लागि चितवन प्रवेश गर्ने सिमानासहित राजमार्गका मुख्य-मुख्य क्षेत्रमा स्वागत द्वार राखिएको छ ।

नारायणी किनारमा स्टेज निर्माणको काम ७५ प्रतिशत सकिएको महाधिवेशन स्वयम सेवक परिचालन समितिका संयोजक एवम् मञ्च व्यवस्थापनमा खटिएका नेता विनोद श्रेष्ठले जनाएका छन्।

नारायणी किनारका २५ स्थानमा सेल्फी प्वाइन्ट राखिएको छ । एमालेको लोगोसहित `१० औं महाधिवेशन´लेखिएको फ्रेम राखेर सेल्फी प्वाइन्ट बनाइएको छ । नारायणी किनारका खाल्डाखुल्डीलाई पुरेर सम्याइएको छ ।

संयोजक श्रेष्ठले विभिन्न स्थानमा एलसिडी राखेर स्टेजमा भइरहेको गतिबिधिलाई देखाइने बताए । उनले नारायणी किनारको वारी (चितवनतर्फ) र पारी (नवलपरासी) गरी दुबैतर्फ एलसिडी राखिने बताए ।

उद्घाटन सत्रका दिन मंसिर १० गते नारायणी किनारमा चितवनतर्फ नअटाएको खण्डमा नदी किनारको दुबैतर्फ मानिसहरु राख्ने एमालेको तयारी छ । उद्घाटन सत्रमा करिब ५ लाख मानिसको सहभागिता गराउने एमालेको योजना छ ।

उद्घाटन सत्र र बन्द सत्र हुने दुबै स्थानका मञ्च व्यवस्थापन लगायतका काम गर्दा करिब ५० लाख खर्च हुने अनुमान रहेको संयोजक श्रेष्ठले बताए । बन्द सत्र मंसिर ११ र १२ गते सौराहको होटल सेभेन स्टारमा हुने भएको छ । होटल नजिकको खाली जग्गामा ३ हजार अट्ने अस्थायी हल (डोम) निर्माणको कार्य भइरको उनले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको